आतंकबादी हमलामा १२ जनाको ज्यान गयो

१० असोज । भारतको जम्मु–कश्मीरस्थित एक प्रहरी चौकीमा भएको हमलामा एक प्रहरी अधिकृतसहित १२ जनाको मृत्यु भएको छ ।

कठुवाको हिरानगर प्रहरी चौकीमा सैनिक पोशाकमा आएका व्यक्तिहरूको हमलामा उनीहरूको मृत्युभएको हो । यसैबीच, आक्रमणकारीको त्यही समूह साम्बा क्षेत्रस्थित एक सैनिक क्याम्पमा पनि आक्रमण गरेको जनाइएको छ ।

चार जनाको समूहमा आएको आक्रमणकारी र सैनिकबीच भिडन्त जारी रहेको जनाइएको छ । आक्रमणको प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले निन्दा गरेका छन् । यसैबीच, भारतीय प्रधानमन्त्री सिंह र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच राष्ट्रसंघको सभामा भेटवार्ता हुने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...