पाकिस्तानले आतंकबादलाई प्रश्रय दिन छाड्नुपर्छ

१३ असोज । भारतका प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिन छाड्नु पर्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री सिंहले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिन छाडे दुई देशबीचको सम्बन्धले सकारात्मक मोड लिने बताएका छन् ।

उनले कश्मीर मुद्दालाई वार्ताबाटै टुंग्याउनुपर्ने पनि बताए । सिंहले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतसँगको सम्बन्ध सुधारका लागि देखाएको प्रतिबद्धताको पनि सराहना गरेका छन् । यसअघि, पाकिस्तानी प्रधानमन्त्री सरिफले नयाँ दिल्लीसँगको सम्बन्धलाई नयाँ प्रक्रियाबाट सुरु गर्नुपर्ने बताएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...