अमेरिकी विद्यार्थी र नेपाली विद्यार्थीबीच अन्तरसंवाद

बलराम प्यासी
काठमाण्डौ, १ असोज । ‘एशियाका ज्योति’ उपनामले चिनिएका भगवान बुद्धको जन्म भारतमा भएको भनेर भारतीय पक्षबाट अर्नगल प्रचार भईराख्दा अमेरिकी स्कुले विद्यार्थीहरुले बुद्धका बारेमा नेपाली स्कुले विद्यार्थीहरुसंग स्मार्ट टिभि (कन्फ्रेन्सकल) मार्फत चासो राखेका छन् ।


नेपालमै पहिलोपल्ट पेप्सीकोला टाउन प्लानिंगस्थित क्यारियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी सिबाईआए तथा संयुक्त राज्य अमेरिकाको बफेलो, न्युर्याेकमा रहेको स्प्रिङ्गभिल ग्रिफिथ इन्स्टिच्युट (SPRINGVEILL GRIFITH INSTITUTE,Buffalo, Newyork, USA) का विद्यार्थीहरुसंग स्मार्ट टिभि अर्थात स्काइपमार्फत प्रत्यक्ष अन्तरसंवाद कार्यक्रममा अमेरिकी विद्यार्थीहरुले यसबारे चासो देखाएका हुन् । स्प्रिङ्गभिल अमेरिकाको सामुदायीक विद्यालय हो भने सिबिआईए नेपालको नीजि विद्यालय हो ।
नेपालको सो विद्यालयका ९ र १० कक्षाका ५६ जना विद्यार्थी र अमेरिकाको त्यस विद्यालयका १० कक्षाका ३० जना विद्यार्थी र दुबै देशका शिक्षकहरुबीच कलासंस्कृति रहनसहन, शिक्षणपद्धति लगातयका विषयमा करीव एकघण्टा लामो प्रत्यक्ष अन्तरसंवाद भएको थियो ।
अमेरिकी विद्यार्थीहरुले नेपाल ‘ल्याण्ड अफ माउण्टेन’ अर्थात हिमालै हिमाल भएको देश, सगरमाथाको देश र बुद्ध जन्मेको देश भनेर यसअघि सुनेको कुरा नेपाली विद्यार्थीहरुलाई सुनाउँदा नेपाली विद्यार्थीहरु दंग भएका थिए भने नेपाली विद्यार्थीहरुले अमेरिकी चर्चित गायकदेखि राष्ट्रपति बाराक ओबामासम्मका कुरा गर्दा उनीहरु पनि छक्क परेका थिए । सिबिआइएका सामाजिक विषयका शिक्षक सिमोन देवापाते र अमेरिकी विद्यालयका शिक्षक एण्ड्रयु बेटेर (Andrew Better) बीचपनि कुराकानी भएको थियो ।
नेपालको सिबिआइए स्कुल र अमेरिकाको स्प्रिङ्गभिल स्कुलबीच गतवर्ष अन्तराष्ट्रिय साझेदारि सम्वन्ध स्थापित भएको थियो । सिबिआइए स्कूलका संस्थापक सञ्चालक तेजनारायण श्रेष्ठको पहलमा अमेरिकी विद्यालयका अध्यक्ष मेल विलियम्ससंग (Male Williams) यसविषयमा सम्वन्ध स्थापना भएको थियो । अध्यक्ष विलियम्स नेपालको साताव्यापी भ्रमणमा नेपाल आएका बेला सोमबार साँझ यी दुई विद्यालयका विद्यार्थीबीच पहिलोपटक स्काइपमार्फत प्रोजेक्टर राखेर अन्तरसंवाद भएको थियो । उनी मंगलबार नै अमेरिका फर्केका छन् ।
संभवत नेपालमै पहिलोपटक भएको यसप्रकारको विद्यार्थी संवाद आयोजना गरिएको उल्लेखगर्दै विद्यालयका प्रिन्सिपल हेम राईले यसबाट दुबै देशका विद्यार्थीहरु उत्साहित भएको बताए । विद्यालयका संस्थापक सञ्चालक तेजनारायण श्रेष्ठका अनुसार सोमबारको सफल अन्तरसंवादपछि अर्काे महिनादेखि मासिकरुपमा दुईदेशका शिक्षक तथा विद्यार्थीबीच विभिन्न विषयमा केन्द्रीत रहेर नियमित स्मार्ट टिभिमार्फत अन्तरसंवाद गरिने छ ।
अमेरिकाको स्प्रिङ्गभिल स्कुलका विद्यार्थीबीच यसअघि चिन र जर्मनी विद्यार्थीहरुले पनि यसैगरि अन्तरसंवाद गरेको स्प्रिङ्गभिल स्कुलका अध्यक्ष मेलविलियम्सले बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...