करातेमा सहभागी हुन नेपाली खेलाडी जापान प्रस्थान


२८ भदौ । शनिबारबाट जापानको टोकियोमा सुरु हुन लागेको सातौ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहितको टोली विहीबार जापान प्रस्थान गरेका छन् ।

६ खेलाडीसहित नौ जनाको टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषदले बिदाई गरेको हो । टोलीमा महिला खेलाडीहरूमा गंगादेवी अधिकारी, अनु अधिकारी र मल्लिका थापा रहेका छन् । गंगाले ६८ केजी तौल समुहमा, अनुले ५० केजी तथा मल्लिकाले ५५ केजी तौल समूहमा प्रर्तिस्पर्धा गर्ने छन् । त्यस्तै, पुरुषतर्फ मुकन्द्र महर्जनलले ६७ केजीमा, सुनिल लामाले ६० केजी तथा विजय लामाले ५५ केजी तौल समूहमा सहभागिता जनाउने छन् । प्रशिक्षक दिपक श्रेष्ठ र टिम ब्यवस्थापक नेपाल कराते महासंघका अध्यक्ष दाबा गुरुङ पनि हिजै त्यसतर्फ प्रस्थान गरेका छन् । विश्व सितोरियो कराते महासंघका महासचिव इवाकी हासिमोतोको आग्रहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा पनि जापान प्रस्थान गरेका छन् । सदस्य सचिव लामा आठौ विश्व सितोरियो कराते प्रतियोगिता नेपालमा आयोजना गर्न छलफलका लागि गएको बताइएको छ । विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले अहिलेसम्म कास्य पदक मात्र जितेको छ । सन् २००० मा जापानमा नै भएको तेस्रो विश्व सितोरियो कराते च्याम्पियनसिपमा सुरेन्द्र लाल श्रेष्ठको नेतृत्वमा नेपालले टिम इभेन्टस्मा कास्य पदक जितेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...