नयाँ सम्झौता नविकरण गर्न रोनाल्डो सहमत

३१ भदौ । पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडसंग नयाँ सम्भौता नबिकरण गर्न सहमत भएका छन ।


रोनाल्डोले सन् २०१८ सम्मका लागि क्लबसँगको नयाँ सम्झौता गरेका हुन् । २८ वर्षीय रोनाल्डो पुर्व इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड जाने हल्ला चलिरहँदा उनको यस्तो प्रक्रिया आएको हो । रोनाल्डोले आफ्नो खेल जिबनको बाकिी समयर रियल म्याड्रिड मै बिताउन चाहेको समेत बताएका छन । अब रोनाल्डोले रियल म्याड्रिडबाट बार्षिक १७ मिलियन युरो पाउनेछन् । उनी सन् २०११ र २०१२ मा विश्वकै दोस्रँे उत्कृष्ट खेलाडीको रुपमा छनोटमा परेका थिए । सन् २००२ बाट क्लब फुटबल सुरु गरेका रोनाल्डोले सुरुका दुई वर्ष स्पोटिर्ङ लिस्बोनमा बिताए । त्यसपछिका ६ वर्ष उनले म्यानचेस्टर युनाइटेडमा बिताएका थिए । रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा रहदा सन् २००४ मा एफए कप, २००७, २००८ र २००९ मा प्रिमियर लिगको उपाधि जितेको थियो । सन् २००९ मा रियल म्याड्रिडमा आबद्ध भएका रोनाल्डोले २०१२ मा टिमलाई ला लिगाको उपाधि दिलाए भने २०११ मा कोपा डेल रे कप र २०१२ मा सुपर कोपा डि स्पानाको उपाधि पनि दिलाएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...