सबै दल चुनावमा सहभागी नभए औचित्यहीनः थापा

२८ भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले सवै दलको सहभागिताबिना हुने संविधानसभा चुनावको औचित्य नहुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा विहीबार संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष थापाले नेकपा–माओवादीलाई सहमत नगराई गरिने चुनाव ले निकास नदिने बताउनु भयो । उहाले संविधानसभा चुनावमा सबै दलको सहभागिता नभए नतिजासमेत नराम्रो आउने टिप्पणी गर्नुभयो । अध्यक्ष्ँ थापाले संविधान सभा चुनाव गम्भीर विषय भएकाले चारदल र विपक्षीले पनि गम्भीरता पुर्वक लिनुपर्ने बताउनुभयो । शान्तिपुर्ण चुनाव सम्पन्न गर्ने कुराको लेखाजोखा सरकारले र राजनैतिक सहमतिको जिम्मेवारी चारदलले लिनुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...