अवरुद्ध राजमार्ग सुचारु

बारा, ५ असोज । बाराको निजगढका स्थानीवासीले शनिबार बिहानबाट अवरुद्ध पारेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।

फिरौती बुझाउँदासमेत स्थानीय ३२ वर्षीय भगवान् बडाल अपहरणमुक्त नभएपछि निजगढवासीले दिउँसो दुई बजेसम्म राजमार्ग अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा सयौं सवारी साधन अलपत्र परेका थिए । निजगढवासीले पसल, होटलका साथै बजार स्वस्र्फूत रूपमा बन्द गरेका थिए । भदौं ३१ गते दिउँसो मोटरसाइकलबाट रौतहट हिँडेका बडाल सिम्रीको जंगलबाट अपहरणमा परेका थिए । असोज २ गते अपहरणकारीको माग बमोजिम परिवारले १० लाख रूपैयाँ फिरौती बुझाएको थियो । तर, ६ दिन बित्दासमेत बडाल सम्पर्कमा आएका छैनन् । बडालले पशु उपचार तथा कृषिसम्बन्धी परामर्श दिँदै आएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...