एसएलसी पूरक परीक्षाको परीक्षफल प्रकाशित

२४ भदौ । परीक्षा नियन्त्रण कार्यालयले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

परीक्षामा ६० दशमलब १ प्रतिशत अर्थात ६७ हजार ५१ जना उतीर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा सहभागी१ लाख ११ हजार ७ सय २४ जना परीक्षार्थीमध्ये १ हजार ६ सय १० जनाले प्रथम श्रेणी, ४८ हजार ८ सय ६७ जना द्धितीय श्रेणी, १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा उतीर्ण गरेका छन् । त्यसैगरी २६५ जनाको परीक्षाफल स्थगित भएको छ भने ६४ जनाको रद्द भएको छ ।

साउन २० गतेदेखि २७ गतेसम्म सञ्चालित २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा परीक्षा समाप्त भएको २९ औँ दिनमा प्रकाशन गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षामा उतीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मिल्ने गरी कार्यालयले छिटो नतिजा प्रकाशित गरेको बताउनुभयो ।

गएको चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रूपमा पूरक परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा ५२ हजार ६ सय ४३ जना छात्र, ५९ हजार ८१ जना छात्रा सहभागी भएका थिए भने ३२ हजार ९ सय ८ जना छात्र र ३४ हजार १ सय ४३ जना छात्रा उतीर्ण भएका छन् । परीक्षामा ६२ दशमलव ५१ प्रतिशत पुरुष र ५७ दशमलव ७९ प्रतिशत महिला परीक्षार्थी उतीर्ण भएका छन् ।

नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...