छोरीलाई बलात्कार गर्ने बाबु प्रहरीको खोरमा

२४ भदौ । छोरीलाई पटक पटक बलत्कार गर्दै आएका नेपालगञ्जका अकबर अली शेषलाई प्रहरीले पक्राउ गरेको छ ।


पीडित छोरीको प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । शेषले आफ्नी १४ वर्षीया छोरीलाई विगत ४ महिनादेखि बलत्कार गर्दै आएको खुलेको छ । पाँच दिन अगाडि चार वर्षीया अर्की छोरीसँग जवरजस्ती गर्न खोजेपछि उनको पोल खुलेको हो ।
कान्छी छोरीले बुबाले गरेको व्यवहार आमालाई सुनाएपछि घट्ना सार्वजनिक भएको हो । जेठी छोरीले पनि आफू बारम्बार बलात्कृत भएको बताएपछि आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।
शेष अवैध हातहतियार राखेको अभियोगमा तीन बर्ष सजाय भोगेर १३ महिनाअघि जेल मुक्त भएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...