चुनावका लागि उम्मेदवार छान्दै कांग्रेस र एमाले

८ असोज । नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार संविधान सभाका लागी उमेद्वार छान्दैछन् ।


नेपाली कांग्रेसको संसदीय समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा जारी बैठकमा नयाँ निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल भइरहेको जनाइएको छ । कांग्रेसमा लामो समयसम्मको विवाद मिलाउँदै सोमबार बसेको बैठकले निर्वाचनका लागि उम्मेदवार छान्न पार्टी सभापति सुशील कोइरालाको संयोजकत्वमा संसदीय बोड गठन गरेको थियो । सोमबारको बैठकले उम्मेदवार छनोटको ६ बुँदे कार्यविधी समेत बनाएको थियो । क्षेत्रीय र जिल्ला समितिको सिफारिस प्रक्रिया पूरा भए नभएको हेर्नु पर्ने, समोवशी हुनु पर्ने, पार्टीमा पुर्‍याएको योगदान, उसको क्षमता र लोकप्रियता समेतलाई विशेष ध्यान दिनु पर्ने लगायत छन् । बैठकले निर्वाचनका लागि कांग्रेसका तर्फबाट खडा गरिने उम्मेदवारलाई पार्टीको तर्फबाट दिने मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति कोइरालालाई अधिकार दिएको छ ।

त्यसैगरी नेकपा एमाले स्थायी कमिटीको बैठक पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा दिउँसो बस्ने बैठकमा संविधानसभा निर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल हुने एमालेले जनाएको छ । विभिन्न चरणमा छलफल गरेको एमालेले उम्मेदवारको नामावली तयार पार्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...