राष्ट्रसंघको महासभामा रेग्मीको सम्बोधन

१२ असोज । मन्त्रिपरिषद् अध्यक्ष्ँ खिलराज रेग्मीले नेपाल आणविक हात हतियार, द्धन्द नभई शान्तिको पक्षमा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा सम्बोधन गर्दै रेग्मीले विश्वबाटै आतंकवाद निर्मुल गर्नुपर्नेे धारणा राख्नुभयो ।

चौतर्फी आलोचनाका बाबजुद् राष्ट्रसंघको ६८ औं महासभा सम्बोधनकै लागि न्युयोर्क पुग्नुभएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शनिबार महासभालाई सम्बोधन गर्दै नेपाल कुनै पनि प्रकारको आणविक, रासायनिक हातहतियार र त्यसबाट सिर्जित हुनसक्ने द्धन्दको पक्षमा नेपाल नरहेको स्पष्ट पार्नुभयो । मध्यपुर्व र विश्वका केही देशमा भैरहेको द्धन्दतर्फ लक्षित गर्दै रेग्मीले आफ्नो मुलुक आण्ँविक,जैविक लगायत सबै किसिमका हतियार नष्ट हुनुपर्ने पक्षमा रहेको धारण राख्नुभयो । साना हतियार रोक्नुपर्ने र विश्वबाटै आतंकबाद हटाउन सर्वपक्ष्ँीय छलफल जरुरी रहेको रेग्मीको भनाई छ ।

आधा घण्टा सम्बोधनमा रेग्मीले सुरुवातमा नै बुद्धको जन्मथलो लुम्बिनीबाट शान्तिको सन्देश बोकेर आएको बताउनुभएको थियो । हतियार नष्ट गरेर आतंकवाद निर्मुल पार्दै संवादमार्फत शान्ति स्थापनामा उहाँले जोड दिनुभयो । नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र संविधान सभाबाटै संविधान लेख्नका लागि दलहरुबीच सहमति नभएकाले आफ्नो नेतृत्वका सरकार गठन भएको रेग्मीले बताउनुभयो । रेग्मीले चुनावी प्रयोजनकै लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएकोले मंसिर ४ मा चुनाव गराउन सरकारले काम तीव्र पारेको जानकारी गराउनुभयो ।

रेग्मीले नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा वैदेशिक रोजगारले ओगटेको बताउनुभयो । विकसित देशले उत्सर्जन गर्ने कार्बन ग्यासको असरका कारण नेपालले जलवायु परिवर्तनको मार खेप्नुपरिरहेको भन्दै रेग्मीले अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ । निकै कम हरित गृह ग्यासको उत्पादन गर्ने भएपछि जलवायू परिवर्तन नेपालको लागि जोखिमपूर्ण रहेको धारणा रेग्मीले राख्नुभएको छ ।

जलवायू परिवर्तन कै कारण नेपालको हिमाली वातावरणीय चक्र, जैविक विविधता, सम्पदा जोखिममा परेको रेग्मीले बताउनुभयो । रेग्मीले गरिबी निवारण नभएसम्म सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नसकिने भएकाले आर्थिक समृद्धि र दिगो विकासका लागि गरिबी न्युनिकरणमा जोड दिनुभएको छ । विहिबार न्युयोर्क लाग्नुभएका रेग्मी मंगलबार स्वदेश फर्कनुहुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...