निर्वाचन पर्यवेक्षकका लागि निर्देशिका तयार

११ असोज । निर्वाचन स्वच्छ, निस्पक्ष र विश्वसनीय भए नभएकोबारे स्वतन्त्र पुष्टीका लागि प्रजातान्त्रिक मुलकले स्वतन्त्र पर्यवेक्षक खटाउने गर्छन । नेपालमा त्यस्ता पर्यवेक्षकहरु स्वदेशी र विदेशीलाई पनि खटाइदै आएको छ ।

यसै क्रममा निर्वाचन आयोगले आगामी मंसिर–४मा सम्पन्न हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि दुई विदेशी सहित ५१ संघसंस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । यी संस्थाहरुबाट करिव ७२ हजार पर्यवेक्षकल निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । अघिल्लो चुनावमा १सय ४० संस्थाको करिव ६०हजार पर्यवेक्षक खटिएका थिए । ती मध्ये पनि ३३ वटा संस्थाले मात्र पर्यवेक्षण प्रतिवेदन वुझाएका थिए ।

आयोगले आवेदन दिएका विदेशी संघसंस्था बाहेक आन्फ्रेल नामक एसियन संस्था र कार्टर सेन्टरलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ भने यूरोपिएन युनिएन, तथा अन्य मित्र राष्ट्र र दाता एजेन्सीलाई पनि निर्वाचन पर्यवेक्षणका लागि आह्वान गरेको छ । आयोगले राजनीतिक भाषण गर्ने विदेशी नागरिकलाई आवश्यक कारवाही गर्न पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

आयोगले राष्ट्रिय पर्यवेक्षकहरुलाई दुई दिनको अभिमुखिकरण तालिम दिएर परिचय– पत्र र निर्वाचन पर्यवेक्षण निर्देशिकासहित निर्वाचनमा पठाउने छ । आयोगले विगतमा जस्तो सहर केन्द्रीत भएर एउटै निर्वाचन केन्द्रमा झुम्मिने पर्यवेक्षकहरुलाई नियमन गर्ने तथा आवस्यकता भन्दा बढी भए हटाउने अधिकार भने निर्वाचन अधिकृतलाई दिएको छ । निर्वाचन आयोगले यस पटक राजनीतिक दलको सदस्य पुष्टी भएमा पर्यवेक्षकको परिचयपत्रवाहकलाई पनि निर्वाचन केन्द्रमा प्रवेश नदिने सोच वनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...