राजनीतिक स्थायित्वका लागि चुनाव आवश्यकः प्रचण्ड

८ असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि निर्धारित समयमै संविधानसभाको चुनाव सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले देशले अव धेरै समय संक्रमण थेग्न नसक्ने भएकाले निर्धारित समयमै चुनाव गरेर स्थिर सरकार बनाउनुपर्ने बताउनुभएको हो । अध्यक्ष दाहालले संविधानसभाको चुनाव सवैका लागि अवसर र चुनौती भएकाले निर्धारित समयमै चुनाव गराउनु पर्ने बताउनुभयो । अध्यक्ष दाहालले १० देखि २० वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशको आर्थिक समृद्धिका लागि युवाहरु सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी संविधानसभाको चुनावमा एकिकृत नेकपा माओवादीले बहुमत ल्याउने दावी पनि गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...