नेकपा–माओवादीको नेपाल बन्द स्थगित

५ असोज । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका एक साता सारेलगत्तै ३३ दलीय मोर्चाले असोज ९ र १० गते आयोजना गरेको नेपाल बन्द स्थगित गरेको छ ।

नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले अर्को बैठकले निर्णय गर्नेगरी हाललाई बन्द स्थगित गरेको हो । बैठकले आगामी संविधान सभा चुनावमा सेना परिचालन गर्ने निर्णय शान्तिसम्झौताविपरीत भएको भन्दै बदर गर्न पनि माग गरेको छ । बैठकले भारतीय प्रहरीले बर्दियाको गुलरियास्थित नेपालीको घर खानतलाशी गरेर नेपालीको सार्वभौम अधिकारमाथि हस्तक्षैप गरिएको भन्दै आपत्ति जनाएको छ ।

बैठकपछि नेकपा–माओवादीका सचिव देव गुरुङले उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता टुंगिएपछि पुनः वार्ता नभएकाले आन्दोलनमा केन्द्रित भएको जानकारी दिनुभयो । ३३ दलीय मोर्चाले गत बिहीवार अमेरिकी विमान नेपाल अवतरण गरी सामान झारेको विषयमा सरकारको आधिकारिक धरणासमेत मागेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...