चुनाव कसैले बिथोल्न सक्दैनः एमाओवादी

१२ असोज । एकीकृत–माओवादीले मंसिर चारको संविधानसभा चुनाव कसैले बिथोल्न नसक्ने बताएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा शनिबार भएको साप्ताहिक पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले दलहरू चुनावमा केन्द्रित भएर निर्वाचनको वातावरण बनिसकेको भन्दै मंसिरमा चारको चुनाव कसैले रोक्न नसक्ने बताउनुभएको हो ।

उहाँले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई चुनावमा ल्याउन धेरै पहल गरेपनि आप्mनै कारण नआएकोले टिप्पणी गर्नुभयो ।
प्रवक्ता सापकोटाले नेकपा–माओवादीले आह्वान गरेको आमहडतालमा जनताले साथ नदिने पनि दाबी गर्नुभयो । उहाँले एकीकृत नेकपा–माओवादीले ७५ प्रतिशत उम्मेदवारको टुंगो लगाई सकेको जानकारी पनि दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...