काँग्रेसको उम्मेदवार छनौट गर्ने संसदीय बोर्ड गठन

७ असोज । लामो समयसम्मको आन्तरिक गृहकार्यपछि नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्ने संसदीय बोर्ड गठन गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सभापति सुशील कोइरालाको संयोजकत्वमा १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव हुनुहुन्छ । त्यस्तै आजै महामन्त्रीमा नियुक्त पूर्णबहादुर खड्का पनि हुनुहुन्छ । बोर्डका अन्य सदस्यहरुमा विमलेन्द्र निधि, डाक्टर रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना र फर्मुला मन्सुर छन् ।
संसदीय बोर्डमा देउवा पक्षका ६ सदस्य हुनुपर्ने देउवाको अडानपछि बोर्ड गठनमा ढिलाई हुँदै आएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...