१६ भदौ । साफ च्याम्पियनसिप फुटबलको आठौं संस्करणमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालमा आज हुने खेलमा दुवैले जीतको तयारी गरेका छन् । समुह ए मा रहेका भारत र पाकिस्तानबीच पनि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
यसअघिको विजेता भारत जीतको तयारीमा छ भने पाकिस्तान पनि विदेशी खेलाडीको साथमा भारतलाई हार चखाउने तयारीका साथ मैदानमा उत्रदैछ ।
खेल साँझ साढे ६ बजेपछि दशरत रंगशालामा हुनेछ । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल १५ मध्ये १० खेल दशरथ रंगशालामा हुनेछन् ।
सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा ५ खेल सञ्चालन हुनेछन् । नेपलका खेलहहरु सेमिफाइनल र फाइनलका प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछन् । अभ्यासलाई ५ मैदान छुट्याइएको छ । नेपालले आयोजना गर्न लागेको तेस्रो ठूलो प्रतियोगिता हो ।
सन् १९९७ मा पहिलो साफ पनि काठमाडौंमै भएको थियो त्यसमा ६ देशले प्रतिस्पर्धा गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment