संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उद्घाटन

११ असोज । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनसँग सम्बन्धित सबै निकाय तथा कार्यालयलाई एकीकृत गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उद्घाटन गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय र सहजीकरण गर्न, विभिन्न सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न, निर्वाचनसँग सम्बन्धित विभिन्न समस्या तत्काल समाधान गर्न, पत्राचार एकद्वार प्रणालीबाट प्राप्त तथा प्रेषित गर्न, निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन, विश्लेषण, अद्यावधिक गर्न र प्रतिवेदनसम्बन्धी कार्यका लागि आयोगमा आज संयुक्त निर्वाचन सञ्चालन केन्द्र व्यवस्था गरिएको हो ।


उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, डा.रामभक्त पी.बी। ठाकुर, सचिव नरेन्द्र दाहाल, संयुक्त राष्ट्रसङ्घीय विकास नियोग (युएनडिपी)का आवासीय प्रतिनिधि म्याक गोल्डरिक र देशीय निर्देशक शोको नाडाको समेत उपस्थिति रहेको आयोगले जनाएको छ ।
मङ्सिर ४ गते हुने संविधानसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन कार्यक्रम आजै निर्वाचन आयोगको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...