म्याग्दीमा विनाधितो ७२ लाख रुपैयाँ लगानी

१० असोज । युवा स्वरोजगार कार्यक्रममार्फत म्याग्दीमा बिनाधितो ७२ लाख रूपैयाँ लगानी भएको छ ।

युवा स्वरोजगार कोषको सचिवालयले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमअन्तर्गत स्थानीय स्रोत साधनमा आधारित उद्यम, व्यवसाय र कृषि पेशा गर्न चाहने ८५ युवालाई ऋण दिएको हो । म्याग्दीमा गत वर्षको फागुन महिनादेखि सुरु भएको यो कार्यक्रममा प्रत्येक सहकारीले ४० लाख रूपैयाँ लगानी गर्ने सम्झौताअनुसार लगानी वृद्धि गर्ने योजना पनि रहेको छ ।

कोषबाट ऋण लिएका अधिकांश युवाले तरकारी खेती, बाख्रापालन, कुखुरापालन, माछापालन, भैसीपालन, सुन्तलाखेतीमा लगानी गरेका छन । केही युवाले भने सिपमूलक व्यवसाय गरेर आत्मनिर्भरतातर्फ अग्रसर बनेका छन् । कोषको सहकारीलाई वार्षिक ७ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...