नेविसंघको महाधिवेशन स्थगित

२८ भदौ । नेपाल विद्यार्थी संघको यही २९ गते हुने भनिएको महाधिवेशन स्थगित भएको छ ।

छ महिना भित्र गर्ने भन्दै २०६८ फागुनमा गठन भएको महाधिवेशन तयारी समितिले ६९ चैतमा गर्नेगरी महाधिवेशनको घोषणा गरेको थियो । दोस्रो पटक घोषित महाधिवेशन पनि गर्न नसकेपछि नेविसंघ अध्यक्ष रंजीत कर्णले विहीबार विज्ञप्ती जारी गरी महाधिवेशन स्थगित भएको जनाएका हुन् । विज्ञप्तीमा अहिलेसम्म पनि बिभिन्न जिल्ला तथा विश्वविद्यालयका क्याम्पसहरुमा अधिवेशन नसकिएको तथा सिंगो पार्टी पङ्ति निर्वाचनमा केन्द्रीत भएकाले महाधिवेशन स्थगित गरिएको उल्लेख छ । विज्ञप्तीमा तयारीलाई कारण देखाइए पनि पार्टी नेतृत्वकै निर्देशनमा महाधिवेशन स्थागित गरिएको नेविसंघ केन्द्रीय सदस्यहरुले बताएका छन् । कांग्रेसले ६ महिना भित्र महाधिवेशन गर्ने भन्दै निर्वाचित समिति भंग गरेर गठन गरेको समिति दुइ बर्षसम्म कायम रहंदा पनि महाधिवेशन अनिश्चित भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...