इंग्लिस प्रिमियर लिगः गए रातिको खेलमा म्यान्चेष्टर सिटि विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिगः गए रातिको खेलमा म्यान्चेष्टर सिटि विजयी

Share This
१६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।
गएराती भएको खेलमा गतवर्षको उपविजेता म्यान्चेस्टर सिटीले हल सिटीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको ६५ औ मिनेटमा अल्भारो नेग्रेडोले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ९० औ मिनेटमा याया टाउरेले गोल गरेपछि हल सिटी स्तब्ध भएको थियो । खेलमा म्यान्चेस्टर सिटीले ५६ तथा हलसिटीले ४४ प्रतिशत पोजेश कायम गरेको थियो । जितपछि म्यान्चेस्टर सिटीले ६ अंक बनाएको छ । त्यस्तै, गएराती नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्याममाथि एक—शुन्य गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ । न्युक्यासलका लागी खेलको ८६ औ मिनेटमा बेन अर्फाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । गएराती नै सम्पन्न भएका अन्य खेलहरुमा नर्विचले साउथह्यामटनलाई एक—शुन्य गोल अन्तरले, क्रिस्टल प्यालेसले सन्डरल्याण्डमाथि तिन—एक गोल अन्तरको तथा स्टोक सिटीले वेस्टह्यामलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित ग¥यो । प्रतियोगिता अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर युनाइटेडले लिभरपुलको तथा आर्सनलले टोट्नह्यामको सामना गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here