काँग्रेसको पार्टी कार्यालयमा तालाबन्दी

१४ असोज । स्याङ्जामा नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टीको जिल्ला तथा क्षेत्रका कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।

जिल्ला समितिले सिफारिस गरेका उम्मेदवार संसदीय बोर्डले स्वीकृत नगरेको भन्दै कार्यकर्ताले पार्टी कार्यालयहरूमा तालाबन्दी गरेका हुन् । कार्यकर्ताको भावना विपरीत संसदीय बोर्डले उम्मेदवार छानेको भन्दै कार्यकर्ताले स्याङ्जाका तीन क्षेत्रमा रहेका कांग्रेसका कार्यालय समेत बन्द गराएका छन् । कांग्रेस केन्द्रीय सदस्य गोपाल मात्र श्रेष्ठलाई क्षेत्रीय समितिले सिफारिस नगरेपनि संसदीय बोर्डले श्रेष्ठलाई स्याङजाबाट उम्मेदवार बनाउने भनेपछि तालबन्दी गरिएको क्षेत्रीय समितिका विष्णु पंगेनीले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...