लालुप्रसाद यादव जेल चलान

१४ असोज । भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान भएका छन् ।

झारखण्डस्थित सीबीआई अदालतले पशुपंक्षीको आहार खरिदमा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेपछि यादव जेल चलान भएका हुन् । ६५ वर्षीय यादवलाई बिर्सामुण्डा केन्द्रीय कारागार पठाइएको छ । अदालतले यादवसँगै अन्य ४४ जनालाई पनि दोषी ठहर गरेको छ । मुद्दामाथिको अन्तिम फैसला असोज १७ गते सुनाइने छ ।
यादवलगायत अन्य आरोपीमाथि सन् १९९० मा कुखुराका र अन्य पशुका लागि आहार खरिद गर्न चाइवासा कोषबाट ३३ करोडभन्दा बढी भारतीय रूपैयाँ अनियमित रूपमा झिकेको आरोप छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...