संरक्षण अभावमा करोडौंको जैतुन खेर

कृष्ण अविरल ।
संसारकै महँगो सबैभन्दा महँगो तेल उत्पादन हुने जैतुन संरक्षण अभावमा खेर गइरहेको छ ।
जैतुन खेती बाजुरा जिल्लाका कोल्टी, कोटीला, वाई, बाँधु, रुगीन, साप्पाटा, जुकोट, गोत्री, पाण्डुसैन, बाह्रविस तथा छिमेकी जिल्ला हुम्ला र मुगुका जंगलहरुमा पाकेर खेर गइरहेको हो । प्रसोधनका लागि मेसिन र सीप नहुँदा जैतुन वर्षेनी बोट मै झरेर करोडौको नोक्सानी भइरहेको छ । जिल्लामा इटालीयन सरकारको प्राविधिक तथा नेपाल सरकारको आर्थिक लगानीमा जैतुन खेतीको प्रर्वद्धनका सन्् २००६ मा पहिलो पटक परिक्षण गरिएको थियो ।

कोल्टीको जनप्रकाश उमाविमा व्यवसायीक जैतुन खेती गरिएको छ, भने अन्य जंगलमा अझै उत्पादन भएर फल्ने र झर्ने गरेको जैतुन प्रवद्र्धनमा चासो देखाएका व्यक्तिहरुले बताउने गरेका छन् । नेपालमा जैतुन खेतीको विकास, विस्तार र प्रशोधन गर्न राज्यको लगानी पहिलो हुनु पर्ने भएपनि सरकारी निकायबाट कुनै वास्ता नगरिएको स्थानीयले गुनासो गरेका छन् ।
प्रसोधनका लागि कसैले चासो नदिदा बोटमै पाकेर खेर गएको स्थानीय अग्नी शाहीले बताउनु भएको छ । करोडौं मूल्यको जैतुन खेर गइरहेकको छ, कसैले पनि ध्यान दिएका छैनन् । जिल्लामा जैतुन खेतीको मात्र प्रर्वद्धन गर्न सके आर्थिक उपार्जनमा ठुलो सहयोग पुग्ने देखिन्छ ।
जैतुनको तेल नेपाली बजारमा प्रतिलिटर २५ सय रुपैया पर्न जान्छ । जैतुन खेतीको संभाव्यताकोे अध्ययन जिल्लामा पहिलो पटक मानव संसाधन केन्द्र एचआरसी नामक गैर सरकारी संस्थाले गरेको थियो । अघिल्लो वर्षमा केहि मात्रामा मात्र फल्ने गरेको जैतुन यस वर्षबाट लटरम्म फलेको छ । जैतुन तेल उत्पादनका लागि ल्याएको ५० लाख बराबरको मेसिन र भौतिक संरचना गएको वर्ष पहिरोले बगाएपछि झनै समस्या भएको जनेश भण्डारीले बताउनुभयो । हाल यो वर्षमात्र ३० हजार बढी जैतुनका बोटहरु रोपिएको जिल्ला वन कार्यालय बाजुराले जनाएको छ । सबभन्दा महँगो तेल फल्ने थाह पाएपछि कोल्टी क्षेत्रका स्थानीयले पनि नाङ्गो डाँडामा जैतुन खेती गर्न थालेका छन् । कोल्टीमा यो खेती सफल भएपछि जिल्लाका अन्य गाविसमा पनि खेती कै रुपमा विकास गर्न स्थानीयले माग गर्दै आएका छन् । जैतुनको तेलबाट क्यान्सर र छालाको उपचारमा प्रयोग हुने गरेको स्वास्थ्यकर्मी बताउने गरेका छन् । जैतुन खेतीको विकास गर्न सके जिल्लाको खाद्य संकट, बेरोजगारी गरीबी लगायतका समस्या समाधान हुने सरोकारवाहरुको विश्वास छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...