बस दुर्घटनामा ४४ जनाले ज्यान गुमाए

२६ भदौ । इरान बुधबार भएको बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ ।

दुई विपरीत दिशाबाट आएका बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । राजधानी तेहरानको दक्षिणी क्षेत्रमा रहेको सडकमा दुर्घटना भएको थियो । घटना लगत्तै दुबै बसमा आगो लागेको थियो । आगलागीमा परी थुप्रै यात्रु घाइते भएका छन् । इरानमा जीर्ण सडकका कारण बर्षेनी हुने सडक दूर्घटनामा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...