क्वाटरफाईनलबाटै बाहिरिए एन्डी मुर्रे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्वाटरफाईनलबाटै बाहिरिए एन्डी मुर्रे

Share This
२१ भदौ । ब्रिटिश खेलाडी एण्डी मुर्रे यस वर्षको युएस ओपन टेनिसको क्वाटरफाईनलबाटै बाहिरिएका छन् । न्यूयोर्कको फ्लसिङ मिडोजमा जारी प्रतियोगिताको क्वाटरफाईनलमा मुर्रेलाई स्विस खेलाडी स्टानिस्लास वावरिङ्काले पराजित गरे । मरे विरुद्धको खेल वावरिङ्काले ६–४, ६–३ र ६–२ को सोझो सेटमा जिते ।
त्यसैगरी स्पेनका डेभिड फेररलाई हराँउदै फ्रान्सका रिचार्ड ग्यास्के तथा आफ्नै देशका टमी रोब्रेडोलाई हराँउदै स्पेनका रफाईल नाडाल पनि सेमिफाईनलमा पुगेका छन् । रोब्रेडो विरुद्धको खेल नाडालले ६–०, ६–२ र ६–२ सोझो सेटमा जितेका हुन् । यता, महिलातर्फ अमेरिकाकी सेरेना विलियम्स, चीनकी लि ना, इटालीकी फाबियना पेनेटा र बेलारुसकी भिक्टोरीया अजारेन्का सेमिफाईनलमा प्रवेश गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here