मेक्सिकोमा आँधीका कारण १ सय १ जनाको मृत्यु

५ असोज । मेक्सिकोमा वर्षासँगै आएको आँधीका कारण मृत्यु हुनेको संख्या एक सय एक पुगेको छ ।

मेक्सिकोको ला पिन्टाडामा भारी वर्षँसँगै आएको ‘इन्ग्रिड’ र ‘म्यानुल’ नामक आँधीका कारण उनीहरूको मृत्यु भएको हो । अन्य ६८ जना हराइरहेका छन् । त्यस्तै, ५८ हजार मानिस विस्थापित भएका छन् भने २२ हजार घरमा क्षति पुगेको छ । मेक्सिकोमा आँधीबाट २४ वटा राज्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...