अष्ट्रेलियाको संसदीय निर्वाचमा बिपक्षी गठबन्धनलाई बहुमत प्राप्त

२३ भदौं । अष्ट्रलियामा सम्पन्न संसदीय निर्वाचनमा बिपक्षी गठबन्धनका नेता टोनी एवोट बिजयी भएका छन । लिवरल राष्ट्रिय गठबन्धनका नेता एवोटले निबर्तमान प्रधानमन्त्री केभिन रुडलाई पराजित गरेका हुँन । गठबन्धन ६ बर्षपछि पुनः सत्तामा फर्किएको हो ।

आफ्नै दलही प्रधानमन्त्री जुलिया गिलार्डलाई चुनावको मुखैमा अपदस्थ गरी रुड प्रधानमन्त्री बनेका थिए । शक्तिशाली गिलार्ड र रुडको मतभेदका कारण बिपक्षी गठबन्धन बिलियो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिश्लेषण गर्दै आएका थिए । बिश्लेषण अनुसार चुनावी दौडमा रुडले एवोटसँग नमिठो पराजय भोगेका छन । संसद्मा रहेको कुल एक सय ५० सिटमा गठबन्धनले ८८ सिट पाएको थियो । यस्तै सत्तारुढ लेवर पार्टीले ५७ सिटमा चित्त बुझाउन बाध्य भयो ।

अष्ट्रेलियाको संसदीय अभ्यास अनुसार बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने प्रचलन छ । सो, अनुसार एबोट अव अष्ट्रेलियाको प्रधानमन्त्री बन्नेछन ।

बिजयी लगत्तै एबोटले आगामी सरकार सफल हँुने दाबी समेत गरेका छन । उनले सरकारले नागरिकसँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन । अस्ट्रेलियामा ६० वर्षको इतिहासमा यो सातौं पटक सरकार फेरिएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...