एमाओवादीको एजेण्डाले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्छः प्रचण्ड

१४ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको एजेण्डाले मात्र देश र जनताको आवश्यकतालाई सम्बोधन गर्ने दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष दाहालले आगामी चुनावमा माओवादीले विजय हासिक गर्न सके मात्र परिर्वतन संस्थागत हुने बताउनुभएको हो । उहाँले जनताका माग सम्बोधन गर्न अन्य दलहरू असफल भएको टिप्पणी पनि गर्नुभयो । अध्यक्ष दाहालले घोषित मितिमै चुनाव सम्पन्न गर्न एकीकृत नेकपा माओवादी लागिपरेको पनि बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...