नक्कली गरगहना बनाएर ठगी गर्ने गिरोह पक्राउ(फोटोफिचर)

२२ सेप्टेम्बर । अपराध महाशाखाले नक्कली गरगहना बनाएर ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नयाँ बानेश्वरस्थित भोजपुर देउराली सुनचाँदी पसलमा नक्कली गरगहना धितो राखेर ४८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने पाँच जनाको गिरोहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका पिल्चु लामा, बुदु तामाङ, नविन भण्डारी, टेकबहादुर तामाङ, ढकबहादुर तामाङ र तर्चेल तामाङ तथा बाग्लुङ अधिकारीचौर–६ थमबहादुर भण्डारी छन् ।

नक्कली गहना बनाउँदै आएको यो गिरोहले १ सय ४० तोला सुनका विभिन्न गरगहना धितोमा राखेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । अभियुक्तका साथबाट प्रहरीले एक लाख रुपैयाँ नगद, सुनले मोडिएका चाँदीका चूरा ४४ थान, सुनले मोडिएका चाँदीका औठी ३ थान, मोबाइल ७ थान र गरगहना बनाउन प्रयोग गरिने औजार बरामद गरेको छ ।

अभियुक्त थमबहादुर भण्डारीले चिनजानको फाइदा उठाउँदै गरगहना धरौटीमा राखेर नयाँ बानेश्वरस्थित भोजपुर देउराली सुनचाँदी पसलका सञ्चालक सुदन गहतराजसँग चार महिनादेखि ठगी गर्दै रकम लिएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...