नेकपा–माओवादीलाई चुनावमा आउन आग्रह

१३ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीलाई एकजुट भई चुनावमा आउन आग्रह गर्नुभएको छ ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफूले एउटै झण्डा र चुनावचिन्ह प्रयोग गरेर चुनावमा आउन नेकपा–माओवादीलाई प्रस्ताव गरेको खुलासा गर्नुभएको हो । उहाँले नेकपा–माओवादी चुनावमा सहभागी हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । मंसिर ४ गते नै संविधानसभाको चुनाव हुने दाबी गर्दैै यसको विकल्प नभएको उहाँकोभ भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...