सुनको भाउ विहीबार ह्वात्तै बढ्यो

३ असोज । दुई दिन स्थिर रहेर बुधबार केही घटेको सुनको भाउ विहीबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको छ ।


विहीबार सुनको भाउ ५५ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ६६ डलरले बढेर १३ सय ६३ डलर पुगेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर ९ सय ६० रुपैयाँ पुगेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...