सुनसरीमा खोलाले बगाएर २ जनाको मृत्यु, ४ जना वेपत्ता

२२ भदौ । सुनसरीमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना बेपत्तँ भएका छन् ।

सेउती खोलाले बगाएर सुनिल लिम्बुको मृत्युभएको छ । यस्तै खोलाले बगाएर एकैपरिवारका ४७ वर्षीय मनकुमार लिम्बु, लिम्बुकी श्रीमती ३५ वर्षीया दिलकुमारी, १३ वर्षीय छोरा कृष्ण लिम्बु बेपत्ता भएका छन् । अर्का एक जनाको नाम खुल्न बाँकी छ ।

यसैगरी शनिबारै बिहान इटहरीस्थित सेरा खोलामा एक महिलाको शव फेला परेको थियो । मृतकको सनाखत हुन बाँकी छ । खोलाले चार घरसमेत बगाएको छ । इटहरीकै टेंग्राखोलामा गएराति आएको बाढीले आसपास क्षेत्रका एक सयभन्दा बढी घर डुवानमा परेका छन् । इटहरी क्षेत्रमा पानी नपरे पनि अचानक आएको बाढीले भागदौड मच्चिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरी, सशस्त्र प्रहरी र सेनाले रातिदेखि नै उद्धार गरिरहेका छन् । यस्तै, मोरङको गछिया खोलामा आएको बाढीले पनि तीब्र कटान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...