भक्तपुरमा औद्योगिक व्यापार मेला हुँदै

बलराम प्यासी ।
४ असोज । भक्तपुर उद्योग वाणिज्य संघ तथा नेपाल–चीन उद्योग वाणिज्य संघ, भक्तपुर च्याप्टरको संयुक्त आयोजना र हलुका पेय पदार्थ कोकाकोलाको प्रायोजनमा पहिलोपटक मध्यपुर थिमिस्थित सानोठिमीस्थित खेलकूद मैदानमा यही असोज १७ देखि २१ गतेसम्म ५ दिने “कोका कोला भक्तपुर औद्योगिक व्यापार मेला २०७०” हुने भएको छ । भक्तपुर नगरमा यसअघि विभिन्न प्रकारका मेला आयोजना हुँदै आएतापनि मध्यपुर थिमिमा भने यसप्रकारको मेला पहिलोपटक आयोजना हुन लागेको हो । मेलाको नारा ‘मध्यपुर थिमिमा व्यापार मेला, तपाँई पहिला कि म पहिला ’ रहेको छ ।

मुलुकको समग्र आर्थिक, सामाजिक, पर्यटन एवं कला–संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यले हिन्दुमात्रको ठुलो चाड वडादशैलाई लक्षित गरि मेला आयोजना गर्न लागेको कुरा मेला मुलआयोजक समितिले शुक्रबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

भक्तपुर जिल्लामै पहिलो पटक यसप्रकारको राष्ट्रिय स्तरको मेला आयोजना हुन लागेको र उक्त मेलामा करिब डेढलाख दर्शकहरुको सहभागिता रहनुका साथै करीव १५ देखि २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने मुल आयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले बताएका छन् । मेलाको प्रचारप्रसारका लागि नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल टेलिकमले सघाउने छन भने मिस अर्थ नेपाल २०१२ रहेकी नगमा श्रेष्ठ मेलाको ब्राण्ड एम्बेसेडर छिन् ।

मेला हुने ५ दिने अवधिभर कुनै पनि बन्द हड्तालका कार्यक्रम नराख्न राजनैतिक दल तथा अन्य विद्यार्थी र भातृ संघसंगठनलाई मेला आयोजक समितिले आग्रह गर्दै भनेको छ—‘करोडौ रुर्पैयाँ लगानी गरेर पनि राज्यको दोस्रो दर्जाको रुपमा रहन वाध्य उद्योग व्यवसायको संरक्षण गर्नु राज्यको मात्रै नभई सबै राजनैतिक दलको पनि दायीत्व हो ।’
मेलामा वडादशैंलाई लक्षित गरि सर्वसाधारणका लागि सुपथ मुल्यमा चामल, चिनी, घ्यु,लगायतका खाद्य सामाग्रीका साथै मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, विद्युतिय सामग्रीहरुको मिनि एक्स्पो, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य सामग्रीहरुको सुपथ मुल्य पसल लगायत सवारी साधन, फर्निचर, किचेन वयेर, एक गाऊं एक उत्पादन कार्यक्रम अन्तर्गतका वस्तुहरु तथा आधुनिक र परम्परागत सा“स्कृतिक नाचगान र फेशन शो पनि समावेश छ । मेलामा बालउद्यानका साथै नेवारी तथा खानेकुरासमेत गरि १३२ वटा स्टलहरु रहने छ । मेलामा दक्षिण एशियाली राष्ट्रहरु भारत, भुटान, वंगलादेश, चीन, पाकिस्तान र थाइलैण्ड का समेत स्टल राखिने भएको संयोजक जोशीले बताएका छन् ।

मेलामा तोकिएका ९० प्रतिशत भन्दा बढि स्टलहरु बुकिड्ड भइसकेको पनि संयोजक जोशीले बताए । स्टलहरु आधुनिक सुविधासम्पन्न डोम भित्र रहने र मेलामा प्रदर्शन गरिने सामग्रीहरुको सुरक्षार्थ २४ घण्टा सुरक्षा गार्डहरु मेला परिसरभित्र तैनाथ हुने र ती सामानको २ करोड रुपैयाँसम्मको बीमाको पनि व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संयोजक जोशीका साथै भक्तपुर उद्योग वाणिजय संघका अध्यक्ष मोहनप्रसाद ताम्राकार, नेपाल चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष पुण्यराम वाखाद्यो,कोकाकोला कम्पनीका नेपाल तथा भुटानका देशीय व्यवस्थापक शदाव अहमद खान, पूर्व मिस अर्थ नेपाल तथा मेलाकी ब्राण्ड एम्बेसडर नगमा श्रेष्ठ, फुटवलका पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंहलगायतले बोलेका थिए ।
मेला सफलतापूर्वक आयोजना गर्न भक्तपुर उद्योग वाणिज्य संघका कार्यकारीणी सदस्य राजुमृगेन्द्र जोशीको संयोजकत्वमा पुण्यराम बखाद्यो उपसंयोजक, राजन धौभडेल सदस्य सचिव तथा विजयशंकर प्रधानाङ्ग, राजन श्रेष्ठ, रोशनकुमार अवाल र राजभाई माक सदस्य रहेको मुलसमारोह समिति गठन गरिएको छ ।
समितिमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, भक्तपुर र मध्यपुर थिमि नगरपलिाकाका वर्तमान कार्यकारी अधिकृतहरु तथा पूर्व जननिर्वाचित मेयरहरु, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु समेत रहनेगरि १४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

मेला स्टलसम्मको सहज आवतजावतका लागि कोटेश्वर पूर्व यातायात समन्वय समिति अन्तर्गतका सार्वजनिक गाडिहरु नियमितरुपमा मेला स्थलसम्म जाने र प्रत्येक गाडिले मेला अवधिसम्मका लागि उक्त स्थानसम्मको भाडामा छुटको व्यवस्था समेत गरेको छ । मेलाका प्रदर्शक एवं आगन्तुकहरुको गाडि र्पािर्कगको व्यवस्थापनका लागि सानोठिमी क्याम्पसको हाता छुट्याएको छ भने मेलाका दर्शकहरुको आकर्षणका लागि प्रवेश टिकटमा कोकाकाला निशुल्क उपलब्ध गराईनेछ पनि आयोजकले जनाएका छन् । मेलाको आर्कषणको रुपमा लक्ष्मी बैंक अन्तर्गतको हेलो पैसामा खाता खोल्न चाहनेका लागि खाता खोलेवापत सो खातामा २५ रुपैयाँ मेला आयोजकका तर्फबाट जम्मा गरिदिने पनि संयोजक जोशीले बताएका छन् ।

मेलामा मध्यपुर युथ एशोसियन, भक्तपुर मिनिबस सेवा समिति र भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघ मेलाको सहआयोजकको रुपमा रहेका छन् भने सहयोगी निकायहरुमा जिल्ला विकास समिति भक्तपुर, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल—चीन उद्योग वाणिज्य संघ रहेका छन् । नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल टेलिकम मेलाको प्रवद्र्धक रहेको छ ।
बीमाका लागि एलाइन्स इन्स्योरेन्सले सहयोग पु¥याउने छ भने समग्र स्टलको व्यवस्थापन डाइरेक्सन नेपालले गर्नेछ । नेपालको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक एवं पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंहबाट समेतको सहभागिता रहेको जनाइएको छ ।


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...