विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय बन्द

Share This
२ असोज । उदयपुरको त्रियुगा नगरपालिकास्थित एक विद्यालयका छात्राहरु पालैपालो बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
कक्षाकोठामै छात्राहरु पालैपालो बेहोस हुन थालेपछि त्रियुगा नगरपालिकाको दमौतीमा रहेको जनता मावि दुई दिनका लागि बन्द गरिएको हो । गत शनिबार राष्ट्रिय बाल दिवसमा सहभागी चार जना छात्रा घर फर्कंदा गाईघाटको टेम्पो चोकमा जादु हेरेपछि टेम्पोमै बेहोस भएका थिए । मंगलबार विद्यालय गएका उनीहरु फेरि एकाएक बेहोस हुन थालेपछि विद्यालयका शिक्षक र व्यवस्थापन समितिको निर्णयमा विद्यालयको पठनपाठन स्थगित गरिएको प्रधानाध्यापक ढकबहादुर थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here