१६ भदौ । उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष रंगलाल अग्रवालको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग गर्दै स्थानीवासीहरूले मलंगवामा ¥याली निकालेका छन् ।
संघको नेतृत्वमा आइतबार बिहान निस्किएको ¥यालीमा व्यापारी, नेता, पेशाकर्मी र स्थानीयवासीको सहभागिता थियो । अग्रवालको मृत्यु शंकास्पद भएको भन्दै व्यपारीहरूले आइतबार चौथो दिन पनि मलंगवा बन्द गरेका छन् ।
बन्दका कारण शिक्षण संस्था, बजार ठप्प छन् भने मलगंवाबाट चल्ने कुनैपनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अपराधी पक्राउ नभएसम्म सदरमुकाम बन्द जारी राख्ने उद्योग वाणिज्य संघले चेतावनी दिएको छ ।
यसैबीच, सर्लाहीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय टोलीले अनुसन्धान सुरु गरिसकेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

अग्रवालको मृत्युबारे सत्यतथ्य छानविनको माग राख्दै मलंगवामा जुलुस
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment