देशभर विश्वकर्मा पूजा गरिँदै

१ असोज । यातायात तथा कल कारखानामा कार्यरत मजदुरहरुले मेसिनरी औजारको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् ।

वर्षभरि अप्रिय घटना नहोस् भनेर विश्वकर्मा पूजामा मेसिनको पूजा गर्ने चलन छ । उपत्यका लगायत मुलुकका विभिन्न भागका उद्योग तथा कारखानामा कार्यरत मजदुरहरुले ध्वजाले सजाएर उत्साहपूर्वक विश्वकर्माको पूजा गरी मनाएका हुन् । औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई बिदा दिने चलन रहेको छ ।

आफ्ना काम गर्ने औजार, उपकरण र यातायातका साधनको पूजा गर्नु नै यसदिनको विशेषता हो । पौराणिक कथनअनुसार विश्वकर्मालाई वास्तुका छोरा मानिन्छ । पौराणिक युगका सबै राजधानी विश्वकर्माले निर्माण गरेको जनविश्वास छ । सत्य युगको स्वर्गलोक, त्रेता युगको लङ्का, द्वापर युगको द्वारिका सबै निर्माण विश्वकर्माले गरेको धार्मिक मान्यता रहिआएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...