अफगानिस्तानको कुन्दुजामा एक निर्वाचन अधिकृतको हत्या

२ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवानी लडाकुहरुले एक जना निर्वाचन अधिकृतको गोली हानी हत्या गरेका छन् ।

बुधबार बिहान कार्यालयमा जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जना तालिवानी लडाकुले उनलाई अन्धाधुन्द गोली हानेको अधिकारीहरुले जनाएका छन् । गोली लागी गम्भीर घाइते भएका निर्वाचन अधिकृतको अस्पताल लगेको केही समयमा नै मृत्यु भएको बताइएको छ । तालिवानले आगामी वर्ष अप्रिलमा हुने चुनावको विरोध गरिरहेको छ । तालिवानी विद्रोहीहरुले त्यस क्षेत्रमा रहेका विदेशी सुरक्षा फौज फिर्ता नगरेसम्म आफ्नो कारबाही जारी राख्ने अडान लिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...