दुईकरोड विरुवा रोप्ने लायन्सको घोषणा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दुईकरोड विरुवा रोप्ने लायन्सको घोषणा

Share This
बलराम प्यासी ।
६ असोज । लायन्स क्लव डिस्ट्रिक्ट ३२५ ए २ ले आगामी वर्षको जुन महिनासम्म मुलुकभरी २ करोड विरुवा रोप्ने घोषणा गरेको छ । डिष्ट्रिक्ट गर्भनर शम्भुप्रसाद घिमिरेले शनिबार कोटेश्वरस्थित निखिलेश्वर मन्दीर परिसरमा आयोजित वृक्षारोपण कार्यक्रमको शुरुवात गर्दै सो कुरा बताएका हुन् । उनले मन्दीर परिसरमा वृक्षारोपण पनि गरे ।
लायन्स क्लव अफ काठमाण्डौ पर्लसिटी, कोटेश्वरले वृक्षारोपणको साथै स्थानीय विभिन्न टोलवासीलाई विरुवा वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गर्भनर घिमीरे तथा पर्लसिटीका अध्यक्ष इन्द्रबहादुर कार्कीले वृक्षरोपणको महत्व र आवश्यकताबारे प्रकाश पारेका थिए ।

एक घर, एक विरुवाको नारासहित आयोजना गरिएको सो कार्यक्रममा कोटेश्वर प्रहरी प्रभाग, कस्मिक इन्टरनेशनल एकेडेमी, कस्मिक स्काउट ट्रुप, सरस्वती युवा क्लव, सामाजिक युवा क्लव, सुर्यकोट वचत तथा ऋण सहकारी संस्था, सिसिआरसी कलेजको सिसिआरसि इको क्लव, दीपनगर टोलसुधार समितिले सहयोग गरेका थिए ।

कोटेश्वरका विभिन्न घर र टोललाई वातावरणमैत्री बनाउने उद्धेश्यका साथशुरु गरिएको कार्यक्रममा कोटेश्वर प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक भरत लामा, चौकी निर्माण समितिका अध्यक्ष भरत शाही, वरिष्ठ पत्रकार एवम् कस्मिक स्काउट ट्रुपका स्काउट मास्टर बलराम प्यासी, सरस्वती युवा क्लवका अध्यक्ष शिक्षित पराजुली, स्थानीय लायन्स क्लव ३२५ ए २ का प्रथम भाइस गर्भनर मधुकर उपाध्याय, डिएलटि कोअर्डिनेटर प्रधुम्न पोखरेल र प्रनिता शर्मा बराल, दिपनगर टोल सुधार समितिका अध्यक्ष प्रकाश शर्मा, सिसीआरसि इको क्लवकी अध्यक्ष सलुजा कार्की लगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी क्लवका पदाधिकारी तथा खेलाडी, प्रहरी, स्काउट तथा विद्यार्थीहरुले स्थानीय त्रिदेवीनगर, सुर्यकोट, नरेफाँट, जडिबुटीलगायतका टोलका घरघरमा गई विभिन्न प्रजातिका विरुवाहरु बाँडेका थिए । साथै भाटभनेटी स’परमार्केटलगायतका टोलमा विरुवा रोपको पनि थिए ।घरघरमा कम्तिमा पनि एउटा विरुवा रोपेर हुर्काउन सकेमात्रै पनि वातावरण राम्रो हुने आयोजकले बताए ।

त्यस अवसरमा डिष्ट्रिक्ट गर्भनर घिमिरेले काठमाण्डौ पर्लसिटीका अध्यक्ष इन्द्रबहादुर कार्कीलाई लायन्सक्लवको प्रमाणपत्र तथा पीन व्यायज प्रदान गरेका थिए भने क्लवले गर्भनर घिमिरेलाई उपहार दिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here