राष्ट्रपतिबाट विद्याभुषण र विद्यापदक प्रदान

२३ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादवले उत्कृष्ट विद्यार्थीहरूलाई नेपाल विद्याभुषण र नेपाल छात्रा विद्यापदक प्रदान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शीतलनिवासमा आइतबार बिहान भएको समारोहमा राष्ट्रपति यादवले विशिष्ट शैक्षिक योग्यता हासिल गरेका दुई सय ४८ विद्यार्थीलाई नेपाल विद्याभुषण तथा नेपाल छात्रा विद्या पदक प्रदान गर्नुभएको हो । समारोहमा राष्ट्रपति यादवले पदक पाएका विद्यार्थीहरूलाई ज्ञान र सिपलाई राष्ट्र निर्माणमा लगाउन आग्रह गर्नुभयो । उहाँले जीवन उपयोगी शिक्षाको पहँुच बढाउन प्रतिबद्व हुन पनि सरोकारवालाहरू आग्रह गर्नुभयो ।

समारोहमा शिक्षामन्त्री माधवप्रसाद पौडेलले विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा योगदान पु¥याउन आग्रह गर्नुभयो । समारोहमा नेपाल विद्याभुषण पदक ‘क’ श्रेणीबाट एक सय ५२ जना, ‘ख’ श्रेणीबाट ५८ जना, ‘ग’ श्रेणीबाट २ जना विभुषित भएका छन् । त्यस्तै, स्नातक तहको नेपाल छात्रा विद्या पदकबाट १३ जना र प्रमाणपत्र तहको नेपाल छात्रा विद्या पदकबाट ५ जनालाई विभुषित गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...