निर्वाचन तयारीका बारेमा उच्चस्तरीय समितिबाटजानकारी

२५ भदौ । राष्ट्रपति डा. रामवरण यादवलाई आज उच्चस्तरीय राजनीतिक समितिका नेताहरुले निर्वाचनका लागि भैरहेको तयारीबारे जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । मोहन वैद्य नेतृत्वमा रहेका बाँकी असन्तुष्ट दललाई पनि निर्वाचनमा सहभागि गराउने गरी चाँडै सहमति गर्न राष्ट्रपतिले समितिका नेताहरुलाई भने । नेताहरुले पनि निर्वाचनको मिति सार्ने र सरकार परिवर्तन गर्नेबाहेक सबै विषयमा लचक बन्न आफूहरु तयार रहेको बताएका थिए ।

मन्त्रिपरिषदका अध्यक्षको न्युयोर्क भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । भेटमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ माधव नेपाल, मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छेदार, भरतविमल यादव, संघीय समाजवादीका अशोक राईलगायत नेता सहभागी छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...