भिक्षुणीलाई नागरिक अभिनन्दन

१२ असोज । बौद्ध धर्मकी गुरुआमा सासनधज धम्माचरिय भिक्षुणी धम्मावतीलाई नागरिक अभिनन्दन गरिएको छ ।

काठमाडौंमा शनिबार नेवाः जागरण मञ्चको पाँचौ वार्षिकोत्सवका अवसरमा मञ्चले धम्मावतीलाई नागरिक अभिनन्दन गरेको हो । ८० वर्षीया धम्मावतीलाई काठमाडौंको सिघस्थित धर्मकीर्ति बिहारबाट क्षेत्रपार्टी, ढल्को हँुदै खुसीबुस्थित नेवाः पार्टी प्यालेससम्म ¥याली गरी अभिनन्दन गरिएको थियो ।
बुद्ध धर्म दर्शन अध्ययन र प्रचारमा योगदान पु¥याएवापत धम्मावतीलाई बर्मा सरकारले सन् १९९२ मा अग्ग–महागन्थवाचक पण्डित उपाधि प्रदान गरेको थियो । उहाँले बौद्ध दर्शनसम्बन्धी पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँको जन्म विक्रम सम्वत् १९९१ सालमा ललितपुरको ओकु बहालमा भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...