सरकारले द्वन्द्वकालीन मुद्दा उचालेर चुनावको वातावरण विगार्न खोजेको एमाओवादीको आरोप

२२ भदौ । एकीकृत माओवादीले सरकारले द्वन्द्वकालीन मुद्दा उचालेर चुनावको वातावरण भाँड्न खोजेको आरोप लगाएको छ ।
पार्टी कार्यालयमा कोटेश्वरमा भएको साप्ताहिक पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले गोरखाको फुजेलको घटनामा आफ्ना कार्यकर्ता पक्राउ गरेर चुनावी वातावरण भाँड्न खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले कृष्णप्रसाद अधिकारीको हत्या अरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रवक्ता सापकोटाले द्वन्द्वकालीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर मात्र समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले १० बर्षीय जनयुद्धमा सरकारी पक्षबाट हत्या भएका आफन्तले न्याय माग्दै आमरण अनशनमा बसे परिस्थिति गम्भीर हुने चेतावनी दिनुभयो । प्रवक्ता सापकोटाले सरकार चुनावका लागि मात्र बनेको भन्दै अन्य कुरामा ध्यान नदिन सुझाव दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...