३० भदौ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराती सम्पन्न खेलहरुमा म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन भने चेल्सी पराजित भएको छ । साविक विजेता म्यान्चेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । म्यान्चेस्टरका लागि रविन भान पर्सी र वायन रुनीले एक एक गोल गरे । यसैगरी आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हराएको छ ।
आर्सनलको लागि आयरन राम्सेले दुई तथा ओलिभर जिरुले एक गोल गरे । गएराती म्यान्चेस्टर सिटीलाई स्टोक सिटीले बराबरीमा रोक्दा चेल्सीलाई भने एभर्टनले १–० ले हराएको छ । अरु खेलमा टोटनह्यामले नर्विच सिटीलाई २–० ले तथा न्युकासल युनाईटेडले एस्टन भिल्लालाई २–१ ले हरएका छन् । फुल्हम र वेष्टब्रोम तथा हल पसिटी र कार्डीफ सिटीले भने एक एक गोलको बराबरी खेलेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment