काँग्रेसले सबै उम्मेदवार एकमुष्ठ टुङ्गो लगाउँदै

११ असोज । नेपाली काँग्रेस संसदीय समितिले आगामी संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट बन्ने सबै जिल्लाका उम्मेदवारको एकमुष्ठ टुङ्गो लगाउने भएको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपामा विहिबार बसेको बैठकले उम्मेदवार छनोटका बारेमा छलफल गरे पनि कुनैपनि जिल्लाको टुङ्गो लगाउन सकेन ।
उम्मेदवार छनोट प्रक्रिया सुरु भएको र छलफल सकारात्मक चलेकाले सबै उम्मेदवारको अन्त्यमा एकमुष्ठ टुङ्गो लगाइने समितिका सदस्य डा रामशरण महतले जानकारी दिए ।
उनले भने, “आज कुनै जिल्लाको टुङ्गो लागेन । छलफल सकारात्मक चलिरहेको छ, अब सबै जिल्लाको अन्तिममा टुङ्गो लगाइन्छ ।”
यसअघि बुधबार बसेको समितिको बैठकले आगामी संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा केन्द्रमा प्राप्त राय, सुझाव र उजुरीमाथि छानबिन प्रक्रिया टुङ्ग्याइएको थियो । समितिको बैठक आज पनि पार्टी कार्यालयमा जारी रहने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...