भक्तपुरमा टि–ट्वान्टी क्रिकेट शुरु हुँदै

३ असोज । शुक्रबार देखि भक्तपुरमा प्रथम अन्तर विश्वविद्यालय च्याम्पियन्स लिग टि—ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सम्पुर्ण खेलहरु भक्तपुरस्थित सैनिक आवशिय विद्यालयको मैदानमा सन्चालन हुने बिहीबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । प्रतियोगिता सहभागि १२ टिमलाई चार समुहमा विभाजन गरि लिग कम नकाउटका आधारमा खेलाइने छ । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार तथा उपविजेता हुने टिमले ३१ हजार नगद रुपैया प्राप्त गर्नेछ । क्रिक नेप र नेपाल इन्जिनियरिङ कलेजको संयुक्त आयोजनमा सन्चालन हुने यो प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगिताका लागी ६ लाख २५ हजार नगद रुपैया खर्च हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...