सरसफाइ गर्न जुटे स्थानीयबासी

काठमाडौँ, ५ असोज । गौरीघाट क्षेत्रका स्थानीयवासीले शनिबार बाग्मती सरसफाई गरेका छन् ।

हरेक साता शनिबार गरिँदै आएको बाग्मती सफाई कार्यक्रमअन्तर्गत उनीहरूले शनिबार बाग्मती सफाई गरेका हुन् । सफाई कार्यक्रममा स्थानीय युवा, सहकारी संस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता थियो । यसैबीच ललितपुरको ग्वार्कोदेखि सातदोबाटो क्षेत्रमा पनि शनिबार सरसफाइ गरिएको छ । शहरी विकास मन्त्रालय तथा फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आव्हानमा ग्वार्कोदेखि सातदोबाटो क्षेत्रमा थुप्रिएका फोहोर उठाइएको छ । ग्वार्को क्षेत्रबाट मात्रै वर्षौंदेखि थुप्रिएको १५ टन फोहोर उठाइएको छ । सरसफाइ कार्यक्रममा ललितपुर उपमहानगरपालिका वडा नम्बर १५, सेना, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...