पाकिस्तानमा भुकम्पबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुग्यो

१० असोज । पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन सय २८ पुगेको छ ।

मृतकको संख्या अझै बढ्नसक्ने उद्दारकर्मीहरूले जनाएका छन् । भूकम्पमा परी चार सय ४० जना घाइते भएका छन् । गत मंगलबार बलुचिस्तानमा केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ७ रेक्टर स्केल तीव्रताको भूकम्पका कारण झण्डै तीन लाख मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पबाट सयौं घर भत्किएका छन् । भूकम्पका कारण समुद्रमा एउटा नयाँ टापुसमेत बनेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...