इराकमा विस्फोट, २० जनाको मृत्यु

३० भदौ । इराकमा शवाक समूदायका एक सदस्यको अन्तिम संस्कारलाई लक्षित गरी गराईएको बिस्फोटमा २० जनाको मृत्यु भएको छ ।

ईराकको निनेवेह राज्यको राजधानी मोसुलमा अन्तीम संस्कारका क्रममा उक्त बिस्फोट गराईएको हो । बिस्फोटमा मारिनेमा मलामी गएका सर्वसाधारण परेका छन् ।
इराकमा पछिल्लो समय साम्प्रादायिक दंगामा भएको बृद्धीको सर्वत्र आलोचना हुने गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार यस बर्ष मात्रै ईराकमा भएको बिस्फोटमा पाँच हजार भन्दा बढीको मृत्यु भइसकेको छ । शिया र सुन्नी समुदायबीचको दंगा चरम सीमामा पुगेको भन्दै संयुुक्त राष्ट्रसंघले सुरक्षा ब्यबस्थामा कडाई गर्न ईराक सरकारलाई सचेत तुल्याएको छ ।

मस्जिद जस्तो पवित्र स्थललाई निशाना बनाउनु निकै नै निन्दनीय भन्दै यस्ता गतिबिधी रोक्न दुबै समुदायलाई पनि सचेत तुल्याएको छ । ईराकमा गत महिना मात्रै भएको बिस्फोटमा २ सय ५० जनाको मृत्यु भइसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...