चुनाव पछि बन्ने सरकार बलियो हुन्छः प्रचण्ड

४ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि बन्ने सरकार बलियो हुने दाबी गर्नुभएको छ ।

पार्टी कार्यालयमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलो चुनावबाट बलियो सरकार बनाउन नसकिएको भन्दै मंसिर ४ मा हुने चुनावबाट बलियो सरकार बन्ने दाबी गर्नुभएको हो । अध्यक्ष प्रचण्डले जनताका अधिकार स्थापित गर्ने एकमात्र पार्टी एकीकृत माओवादी भएको दाबी पनि गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक संविधान निर्माणसँगै देश चलाउने जिम्मा आफूहरूको काँधमा आउनेसमेत दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...